डिएन घिसिङ
खेलकुदमा परिवर्तित वातावरणिय तापमानले प्रदर्शनमा महत्त्वपूर्ण प्रभाव राख्दछ।भौगोलिक भिन्नताले गर्दा उच्च वा न्यून तापक्रममा आयोजना हुने विविध खेल गतिविधीमा खेलाडीले फरक नतिजा दिने तथ्य प्रकाशमा आएको छ।खेलको क्षमता निर्माण गर्न एक निश्चित ऊर्जा आबश्यकता पर्दछ,जुन वातावरणमा निहित रहन्छ।खेलकुदमा परिवर्तीत वातावरणिय प्रभावले शारीरिक गतिविधिको अलवा मनोबैज्ञानिक सन्तुलनमा समेत फरक देखाउने गर्दछ।
वातावरण भित्र असंख्य कारकहरू रहन्छन, जसबाट खेलाडीको खेल प्रदर्शनको परिणाममा अनुकुल वा प्रतिकुल मौसमले जटिल र अप्रत्याशित चाल तय गरेको हुन्छ।अमेरिकाबाट प्रकाशित जियोफिजिकल रिसर्च लेटर्स जर्नलनको सोध अनुसार दशकौ देखि हिउँ मौसममा अभ्यास गरिरहेका खेलाडी र गर्मी मौसममा अभ्यास गर्ने खेलाडीको प्रदर्शनमा औसत फरक देखाएको छ।उक्त सोधले गर्मी वा चिसो मौसममा हुने खेल गतिविधीको वातावरणलाई मैत्री बनाउन सक्ने खेलाडीले मात्रै आफ्नो औषत प्रदर्शनलाई यथास्थितिमा कायम राख्ने तर्कना समेत पेश गरेका छन् ।प्रायःविकसित मुलुकले मौसम परिबर्तन र जलबायु परिबर्तन जस्ता कुराहरु अगाडि सारेका छ्न भने अल्पबिकसित वा विकासोन्मुख देशले यस्ता बिषयमा भने गम्भीर नबनेको कुरा समेत खुलाईएको छ।
खेलमा सहभागी खेलाडीले गर्मी वा चिसोको संतुलन ल्याउन नसक्दा आघातमात्रै हैन चोट पटकको जोखिम पनि सामना गर्नु पर्ने हुन्छ।घाइते खेलाडीहरूको मनोवैज्ञानिक विशेषता र प्रतिक्रियाहरू समेत फरक रहेको अनुसन्धानले पत्ता लगाएको छ। परिवर्तीत वातावरणिय परिवेशमा खेलाडीको प्रतिक्रिया र मनोवैज्ञानिक धारणा समेत फरक रहने गर्दछ।कतिपय वातावरणमा शारीरिक हाउभाउ मात्रै हैन आलस्यता र जोश जस्ता गतिविधिमा समेत प्रभाव पर्ने गर्दछ।
जलवायु परिवर्तनले पनि खेल प्रतियोगितामा प्रभाव पारेको देखिन्छ । व्यवसायिक खेलाडीहरूले अमेरिकाको वाशिंगटनमा क्लाइमेट क्राइसिस सम्बन्धी सिनेट डेमोक्र्याटको विशेष समितिमा बहस समेत गरेका थिए।सिनेटकर्ता स्काट्जको अध्यक्षतामा रहेको समितिले “फाईट टु सेभ टु सेभेन्ट प्रो एथलीट क्लाइमेट एक्शन” नामक एक सुनुवाइको आयोजना पनि गरेको थियो।जसमा हिउँ खेलकूद पर्यटनले संयुक्त राज्य अमेरिकामा बढ्दो लोकप्रियता हासिल गरेको दर्शाएका थिए । तर विश्वव्यापी रुपमा चिन्ताको रुपमा रहेको बढदो जलबायु परिवर्तनको बारेमा टिप्पणी गर्दै यसले थप जटिलता थपेको इन्ङ्गित गरेका थिए।झन्डै २० मिलियन मानिसहरूले प्रतिवर्ष डाउनहिल स्कीइ स्नो, स्नोबोर्डि, र स्नोमोबिलिमा भाग लिन्छन्। जलवायु परिवर्तनको प्रभावको कारण,हिउँक्रीडा पर्यटनले कम मौसम र कम हिउँ कभरको साथ संघर्ष गर्नुपरेको औल्याएका थिए।आधुनिक ओलम्पिक र प्यारालम्पिक खेलहरूको संस्स्करणमा समेत जलबायु परिबर्तनलाई बिशेष चासोको रूपमा लिईएको छ।
धेरै कारकहरूले खेलाडीलाई परिवर्तीत वातावरणिय जोखिममा पुर्याएको हुन्छ। यद्यपि उच्च तापक्रम सबैभन्दा खतरनाक पक्षहरू मध्ये एक हो।जुन खेलाडीको प्रदर्शन र प्रदर्शन गर्ने स्वास्थ्यमा प्रत्यक्ष असर गर्दछ।खेलकुदमा सहभागी हुने खेलाडीको लागि वातावरणीय सन्तुलन कायम गर्ने तर्फ विज्ञहरुले चासो बढाएका छ्न, यसका लागि सहभागी प्रतियोगीहरुको यथार्थ प्रतिभा प्रस्फुटनलाई मध्यनजर राखेका छन्।
अमेरिकाको वासिङ्टन स्थित स्पोर्ट्स साइन्स ईन्स्टिच्युटको एक बुलेटिनमा लेखक मार्गोट पुटुकियानाले दिमाग र शरीरमा हुने चोटबाट खेलाडीको मानसिक स्वास्थ्यलाई असर पार्छ भन्ने गहन तर्क प्रस्तुत गरेका छन्। जटिल परिस्थिति बाहेक खेलको सहभागितामा चोटपटक संभावना कम रहन्छ।तर दैनिक जीवन वा अन्य शारीरिक गतिविधिहरूमा अनुभव नहुदा मानसिक बोझकै कारण व्यवस्थित गर्न नसक्दा जटिल परिस्थितिको सामना गर्नुपर्ने औल्याईएको छ ।भौगोलिक वातावरणको भिन्नताले खेलाडीको मानसिक स्वास्थ्यमा पर्ने असरलाई पनि मध्यनजर गर्नुपर्ने तर्क पनि लेखक मार्गोटले आफ्नो आलेखमा प्रष्टयाएका छ्न।बिशेष महत्वको रूपमा निन्द्रा,खानपिन र लत्ताकपडाजस्ता कुरामा ध्यान पुर्याउनुपर्ने उल्लेख गरेका छन्।
खेलकुदमा शरीरको संतुलन र प्रदर्शनमा एक रुपता ल्याउन विभिन्न आधुनिक उपाय समेत प्रयोग हुँदै आएको पाईन्छ । खेलकुदमा मौसमी प्रतियोगिताहरू इन्डोर वा बरफमा खेलिने खेलहरुमा भने वातावरणको प्रभाव एकरुपता रहेको हुन्छ। अन्य बाहिरी खेलहरुमा वातावरणको परिवर्तनले प्रत्यक्ष असर पार्ने हुँदा सोको सामना गर्न मुल खेल पुर्व पुर्व अभ्यास गर्दै भौगोलिक वातावरणसँग घुलन हुने कोशिस गरिन्छ । तसर्थ खेलाडीले खेल प्रदर्शनका क्रममा प्रतिकुलता र अनुकुलतातर्फ बिशेष ध्यान दिने हुँदा सहजता र असहजतापनाको महशुशले खेल मनोविज्ञानलाई झल्काउदछ ।
FACEBOOK COMMENTS