काठमाडाैं, फागुन २८ – वीरगंजमा पर्सा चेम्बर अफ कमर्सको गठन गरिएको छ । उद्योगी व्यवसायीको हकहितका लागि पर्सामा पनि चेम्बरको कार्य समिति गठन भएको हो। उद्योगी व्यवसायीको भेलाले मनोज अर्यालको संयोजकत्वमा पर्सा चेम्बर अफ कमर्स गठन गरेको छ। समितिले कार्यालय स्थापना गरी उद्योगी व्यवसायीहरुको हकहितको लागि राज्य तथा सरोकारवाला निकायसंग सहकार्य गर्दै अघि बढने प्रतिबद्धता जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठको उपस्थितिमा सम्पन्न भेलामा पर्सा चेम्बरको इतिहास, काम, कर्तव्य अधिकारबारे छलफल गरेको थियो।विस २००७ मा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स उद्योग वाणिज्य महासंघभन्दा पुरानो संस्था भएको केन्द्रीय अध्यक्ष श्रेष्ठले बताए।
उनले संस्था जुन पनि भए पनि संस्थाका नेतृत्व गर्ने पंक्तिले कस्तो काम गरेर अघि बढ्छ, त्यसले संस्था विस्तार तथा भविष्य निर्क्योल गर्ने भएकाले सबैसँग सहकार्य गर्दै अघि बढ्न सुझाव दिएका थिए।सोही अवसरमा पर्सा चेम्बर अफ कमर्सका सदस्य मुकेश अग्रवाल, विशाल कर्णानी, सन्जय माडु, प्रकाश भायती, ओमप्रकाश चाचान, मुकेश सरावगीलगायतलाई केन्द्रीय अध्यक्ष श्रेष्ठले चेम्बरको लोगोसहितको पिन हस्तान्तरण गरेका थिए।
FACEBOOK COMMENTS