काठमाण्डौँ — सर्वोच्च अदालतले पशुपति क्षेत्रमा कानुन तथा मापदण्डविपरीत कार्य रोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले विषयवस्तुको संवेदनशीलता र सार्वजनिक महत्वलाई समेत विचार गरेर विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
पशुपति क्षेत्रमा भइरहेको गैरकानुनी निर्माण रोक्न माग गर्दै अधिवक्ता दिपकविक्रम मिश्रले अदालतमा सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।
विपक्षीसँग छलफल गरेर टुंगोमा पुग्न यही माघ २३ गते दुवै पक्षलाई झिकाउन आदेश दिइएको छ ।
काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदामा रहेको पाशुपत क्षेत्रको प्राचीन स्मारकको गरिमा अवमूल्यन हुने गरी वातावरणीय एवम् पर्यावरणीय रुपमा असर पर्दै गएको रिटमा उल्लेख छ ।
श्लेष्मान्तक क्षेत्रमा खनिएको बाटो, यहाँ यत्रतत्र फालिएको फोहोर, जथाभावी खन्ने, खोस्रने गर्नाले प्राचीन स्मारक, मठमन्दिरको मौलिकतामा ह्रास आएको रिटमा उल्लेख छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS