काठमाडौं – पशुपती अन्नपुर्णा आश्रमले सात वटै प्रदेश प्रेस समिति प्रमुख तोक्ने भएको छ । पशुपती अन्नपुर्णा आश्रम काठमाडौंको केन्द्रिय प्रेस समितीबाट प्रदेश नम्बर १ प्रेस समिती प्रमुखमा दिनेश पोख्रेल, प्रदेश नम्बर २ प्रेस समिती प्रमुखमा भोगेन्द्र लाल कर्ण, बागमती प्रदेश प्रेस समिती प्रमुखमा अर्जुन लामिछाने, गण्डकी प्रदेश प्रेस समिती प्रमुखमा अन्जन राज न्यौपाने, प्रदेश नम्बर ५ बाट प्रेस समिती प्रमुखमा अम्बिका पाण्डे, कर्णाली प्रदेश प्रेस समिति प्रमुखमा अनन्त बराल र सुदुर पश्चिम प्रेस समिती प्रमुखमा तेज बहादुर सिंहलाई सिफारिश गरिएको पशुपति अन्नपुर्ण आश्रमका प्रवक्ता एवम् प्रेस समिति केन्द्रीय प्रमुख के वि,सम्राट्ले जनाए । र सो संबन्धमा राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई सिफारिसका साथ जानकारी पत्र पठाईसकेको उल्लेख गरे।
FACEBOOK COMMENTS