![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ।
७५० मेगावाट क्षमताको यो योजना वर्षौँसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो।
लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच हालै भएको वार्तामा चिनियाँ कम्पनीले हात झिक्ने संकेत दिएपछि अब प्रतिस्पर्धामार्फत अघि बढाउन लागिएको हो।
लगानी बोर्ड स्रोतका अनुसार बोर्डको आगामी बैठकका लागि चिनियाँ कम्पनीसँगको वार्ताका आधारमा प्रतिस्पर्धामार्फत पश्चिम सेती अघि बढाउने प्रस्ताव लैजान लागिएको छ।
— कारोबार
FACEBOOK COMMENTS