![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — लगानी बोर्डले पश्चिम सेती आयोजना निर्माणको लागि नयाँ मोडालिटी खोजी गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७ सय ५० मेगावाट जडित क्षमताको आयोजना निर्माणको लागि नयाँ मोडल खोजी गर्ने भन्दै समिति गठन गर्ने निर्णय गरेको हो ।
बोर्ड बैठकले अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो ।
लगानी बोर्ड र चाइना थ्री गर्जेज इन्टरनेटशन (सिटीजिआईं) बीच २०६८ मा आयोजना निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
थ्री गर्जेजले निर्माणमा असमर्थता देखाएपछि अर्को विकल्पको खोजी गर्न उच्च स्तरीय समिति गठन गरिएको अधिकारीले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS