काठमाडौं । पहिरोले थुनिएर ताल बनेको तामाकोसीको पानी ओभरफ्लो भएर बग्न थालेको छ । शुक्रबार रातिदेखि पहिरोका तामाकोसी नदी थुनिएको थियो ।
चीनको तिङ्ग्री काउन्टीनजिकै आएको पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको हो । खोला पहिरोले थुनिएर ताल नै बनेको थियो । ओभरफ्लो भएर बग्न थालेपछि अहिले तामाकोसीमा बहाव पनि बढेको छ तर आत्तिनुपर्ने अवस्था नभएको बताइएको छ ।
त्यहाँ चिनियाँ टोलीले पहिरोले ताल बनाएको रोङ्सी खोलाको बहावलाई न्यून गर्ने प्रयास गरिरहेको छ । शनिबार रात परेकाले ताल खुलाउने कामलाई तीव्रता दिन नसकिएको भएपनि आइतबार बिहानदेखि पुनः काम सुरु गरिने चिनियाँ पक्षले जानकारी गराएको दोलखा प्रशासनले बताएको छ ।
लामाबगरबाट १८ किलोमिटर उत्तरतर्फको रोङ्सी तामाकोसी नदीको मुख्य सहायक खोला हो । धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल खुलाउने काम भइरहेको छ ।
FACEBOOK COMMENTS