![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।
संसदीय सुनुवाइ समितिमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू सन्तुष्ट हुन नसकेपछि जोशीको नाम अस्वीकृत भएको हो । कांग्रेसले भने बैठक बहिष्कार गरेको छ।
प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिष्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक मत पनि खसेन भने विपक्षमा १० मत खसेको छ ।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।
FACEBOOK COMMENTS