काठमाडौं, कात्तिक १३ – चालू आर्थिक बर्ष २०७७/ ७७ को पहिलो त्रैमासमा जीवनबीमा कम्पनीहरुले रू. ३२ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेकाछन् । बीमा समितिबाट प्राप्त असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
हाल नेपालमा १९ ओटा जीवनबीमा कम्पनी सञ्चालनमा रहेका छन् । समिक्षाअवधिमा ती कम्पनीहरुले सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । गत भदौसम्म उक्त जीवनबीमा कम्पनीहरुले रू.२० अर्ब ७८ करोड बीमाशुल्क संकलन गरेका थिए । त्यो अनुसार असोजमामात्र रू. ११ अर्ब भन्दाबढी बीमाशुल्क संकलन भएको देखिन्छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाइएको बन्दाबन्दीको कारण गत आवको चैत, वैशाख र जेठ महीनामा बीमाशुल्क संकलन प्रत्यक्ष रुपमा प्रभावित भएको थियो । तर, असारदेखि लकडाउन खुकुलो भएपछि भने बीमा व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ ।
पहिलो त्रैमासमा सवैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ । उक्त कम्पनीले उक्त अवधिमा रू. ९ अर्ब १ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।
यसैगरी दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स (एलआईसी) नेपाल रहेको छ । समिक्षाअवधिमा उक्त कम्पनीले रू.५ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।
तेस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले भने रू. ४ अर्ब ३५ करोड बीमाशुल्क उठाएको छ ।
हेर्नुहोस, कुन कम्पनीको कति बीमाशुल्क ?
१) नेपाल लाइफ : ९.०१ अर्ब
२) एलआईसी नेपाल : ५.०५ अर्ब
३) राष्ट्रिय बीमा संस्थान : ४.३५ अर्ब
४) नेशनल लाइफ : २.८२ अर्ब
५) युनियन लाइफ : १.५२अर्ब
६) एशियन लाइफ : १.४७अर्ब
७) मेट लाइफ : १.२२अर्ब
८) प्राइमलाइफ : १.६अर्ब
९) गुराँस लाइफ : ०.९७अर्ब
१०) सूर्या लाइफ : ०. ८५ अर्ब
११) सिटिजन लाइफ : ०.६३ अर्ब
१२) रिलायबल लाइफ : ०.५४अर्ब
१३) आइएमई लाइफ : ०.५४ अर्ब
१४) ज्योति लाइफ : ०.५४ अर्ब
१५) रिलायन्स लाइफ : ०.४८अर्ब
१६) सन नेपाल लाइफ : ०.४३ अर्ब
१७) सानिमा लाइफ : ०.३५ अर्ब
१८) प्रभु लाइफ : ०.२५अर्ब
१९) महालक्ष्मी लाइफ : ०.२४ अर्ब
-अभियान दैनिक
FACEBOOK COMMENTS