काठमाण्डौं — सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।
चालू आथिक वर्षको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ।
विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन्।
चालू आर्थिक वर्षको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन्।
ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेका हुन्।
यस्तै २८२ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि त्यस्तो अनुमतिपत्र लिएको विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।
— नागरीक
FACEBOOK COMMENTS