काठमाडौं, भदौ १ – पाटन अस्पतालको निर्देशमा प्राध्यापक डा.रबि शाक्य नियुक्त भएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज बसेको कार्यकारी परिषदको बैठकले मानसिक रोग विशेषज्ञ डा.शाक्यलाई निर्देशक नियुक्त गरेको हो।
अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माको कार्यकाल सकिएपछि डा। शाक्य नियुक्त भएका हुन। निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।