नवलपरासी – पानी जहाज सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले त्रिवेणीबाट समुन्द्र पुग्न ११४० किलोमिटर पर्ने निकर्ष निकालेको छ ।
कुल ११४० किलोमिटरको जहाज यात्रामा नेपाली सीमाबाट समुन्द्रसम्म पानजहाजमा पुग्न सकिने निष्कर्ष निकालिएको हो ।
गंगा नदीसम्म ३०० किलोमिटर र त्यसपछि ८४० किलेमिटरको यात्रापछि समुन्द्री सतहमा पुग्न सकिने निष्कर्ष सम्भाव्यता अध्ययन गर्न गठित नेपाल भारतका अधिकारीको संयुक्त समितिले निकालेको हो ।
नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत पहिले चरणमा गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन सकिएको छ ।
टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेसँगै उक्त निष्कर्ष निकालिएको बताएको छ ।
अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासेले जानकारी दिए ।
पानीजहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले ‘फिल्ड’मा अवलोकन गरी फर्किएको हो ।
FACEBOOK COMMENTS