काठमाडौं, पौष २५ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित १० खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल) २०२१ को ड्रापm्टमा पर्न सफल भएका छन् ।
शनिबार पाकिस्तानी क्रिकेट बोर्डले निकालेको ड्राफ्ट अनुसार उनीहरु पर्न सफल भएका हुन् । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्कालगायत छन् ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने प्लेनिट क्याटेगोरीमा छन् । त्यस्तै अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीमा परेका छन् ।
पीएसएलले सार्वजनिक गरेको ड्राफ्टमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उप–कप्तान दिपेन्द्र सिह ऐरी, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख रहेका छन् ।
ड्राफ्टमा एउटा टोलीले कममा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउनेछ । २० देशबाट ४ सयभन्दा बढी विदेशी खेलाडी पीएसएलको ड्राफ्टमा छन् ।
FACEBOOK COMMENTS