काठमाण्डौँ — जनता बैंक नेपाल लिमिटेडले पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरिएको छ भने एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ ।
पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको छ ।
सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिन्छ ।
साथै सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् ।
यो सगै बंैकको १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।
FACEBOOK COMMENTS