काठमाडौं – काठमाडौंका सडकमा पिक एन्ड ड्रप नियम लागु भएसँगै अत्याधिक सवारी जाम नियन्त्रण हुने भएको छ ।
काठमाडौं महानगरपालिका, ट्राफिक महाशाखा र यातायात व्यबस्था विभागले उक्त नियमको कार्यान्वयन गर्न सुझाव दिएको हो ।
उक्त नियम अनुसार सार्वजनिक सवारीसाधनहरुले स्टेशनमा यात्रु नकुरेर यात्रुलाई ओराल्ने र चढाउने मात्रै गर्नुपर्नेछ ।
पुष १ देखी देखि लागु भएको उक्त् नियमको बारेमा ३ दिनसम्म लगातार सवारीसाधनका चालक र सहचालन तथा यात्रुलाई सुझाव र सल्लाह दिने ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए ।
उनका अनुसार सवारीलाई करिव ३ दिनसम्म जरिवाना तथा कुनै सजाय हुने छैन ।
FACEBOOK COMMENTS