काठमाडौं, ६ जेठ – लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
पीएसजीले मोनाकोलाई २–० ले पराजित गर्यो । स्टेड डे फ्रान्स स्टेडियममा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक/एक गोल गरे ।
खेलको १९औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८१औँ मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजी २–० ले विजयी भयो । योसँगै पीएसजीले १४औँ पटक फ्रेन्च कपको उपाधि जितेको छ ।
FACEBOOK COMMENTS