![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं— भूकम्पबाट पूर्ण र आंशिक रूपमा ध्वस्त भएका भौतिक संरचनाको बाँकी कामका लागि ६ खर्ब रूपैयाँभन्दा बढी रकम आवश्यक पर्ने भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विगतका कामको समीक्षा र गर्नुपर्ने कामको अनुमानित लागत गरी पुनर्निर्माणका सबै काम सम्पन्न गर्न ६ खर्ब ३६ अर्ब रूपैयाँ खर्च थप लाग्ने जनाएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका बाँकी काम सम्पन्न गर्न करिब ६ खर्बभन्दा बढी रकम लाग्ने बताएका हुन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरूसँग आइतबारको छलफलमा उनले ६ खर्ब ३६ अर्ब रूपैयाँ आवश्यक पर्ने बताएका हुन्।a
— अन्नपूर्ण
FACEBOOK COMMENTS