![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनर्निर्माणका लागि थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गर्ने बताएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको ८ औं बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ज्ञवालीले नेपाल सरकार र दातृ निकायहरुसँगको सहकार्य र छलफलमा पुनर्निर्माणका लागि देखिएको आर्थिक ग्यापलाई पूरा गर्ने बताएका हुन् ।
बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न आवश्यक थप करिव ६ खर्ब रुपैयाँ जरुरी रहेको जानकारी गराएका थिए ।
पञ्चवर्षीय पुनर्निर्माण योजना अन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS