काठमाडौं, चैत्र २४- नेपाल निर्माण व्यवसायी महासंघले पुल र नदि नियन्त्रणका निर्माण कार्यलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरानाभाईरस (कोभिड १९) नियन्त्रणतथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण पुल नथा नदि नियन्त्रणका निर्माणकार्यहरु गर्न हालअसहज रहेकाले सहज वातारण बनाई दिन महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारसंग आग्रह गरेको हो ।
महासंघले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशभर मितिः२०७६÷१२÷११ गते देखि २०७६÷१२÷२५ गतेसम्म नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार भएको लकडाउनले गर्दा विकास निर्माणका कार्यहरु पनि ठप्प रहेको व्यहोरा सबैमा विदितै छ । यो समय निर्माण व्यवासायीहरुको लागि कामगर्ने सिजन भएको हुँदा व्यवसायीहरुले आ–आफ्नो परियोजना स्थलहरुमा आवश्यक पर्ने सबै निर्माण सामग्रीहरु आपुर्र्ती गरिसकेका छन । अन्य निर्माणकार्यहरु समय अनुसार गर्दा पनिहुने तर नदिमा निर्माण हुने पुल र नदि नियन्त्रणका निर्माणकार्यहरु वर्षा अगावै सकि सक्नुपर्ने हुँदा यी निर्माणकार्य तत्काल सुरक्षाअपनाई निरन्तरता दिन सहयोग गरि दिनकालागि महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’
निर्माण व्यवसायीहरुले पुल निर्माणकालागि आफ्नो अरबौंको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मा लगायत ढुवानी गरिसकेको महासंघकामहासविच रोशन दाहालद्घारा जारी विज्ञप्तीमा उल्लेख छ । पुलनिर्माणको लागि निर्माण व्यवसायीहरुले स्लाव ढलानगर्ने फर्मा राखि रड समेत बाँधि सकेको र प्रिस्टेज पुलनिर्माणको लागि टेण्डमतार जडानगरि सकेका यस्ता किसिमका निर्माणकार्य वर्षा शुरु हुनु भन्दा आगाडीनै गर्न अति आवश्यक रहेकोले वर्षा शुरु भएपछि उक्तकार्यहरु गर्न नसकिने र व्यवासायीहरुको अरबौंको लगानी डुब्ने खतरा समेत रहेको हुँदा स्वास्थ्य सुरक्षा अपनाई ती कार्यहरु संचालनमा ल्याउन अतिआवश्यक रहेका महासंघले बताएको छ ।
ती परियोजनाहरुको निर्माण स्थलमासिमित श्रमिकहरु हुने र निश्चित क्षेत्र भित्र रहने भएकोले सामाजिक दुरी कायमगर्न सकिने हुँदा कोरोना संक्रमणहुने खतरा पनि नरहने महासंघको भनाई छ । यो आर्थिक वर्षको वर्षायाम शुरु हुनु अगावै यस्ता पुललगायतका संवेदनशिल क्षेत्रमा गरिने नदिनियन्त्रणका निर्माणकार्यहरु आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्डअनुसार सावधानी सहित यथासंभव चाँडो निरन्तरता गरिदिन महासंघले सरकार संग आग्रह गरेको छ । साथै पुलनिर्माणको लागिआवश्यक पर्ने टेण्डमतार तान्ने मेसिनलगायतका उपकरणहरु र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्न वस्तुको ढुवानीगर्न, पुलका प्राविधिकहरु र मजुदरहरुको आवतजावतको लागि अनुमतिपासको व्यवस्था गरिदिन पनि महासंघले नेपाल सरकार संग आग्रह गरेको छ ।
FACEBOOK COMMENTS