काठमाडौँ – पुस १ गतेदेखि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था बमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा दर्ता नभएका गाडि गुड्न नपाउने भएका छन् ।
उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो ।
यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो ।
कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महिना लामो समयमा एक हजार ५०० कम्पनीका करीब छ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिने विभागले जनाएको छ ।
यसअघि सङ्घसंस्था ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको छ ।
FACEBOOK COMMENTS