काठमाण्डौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि कारोबार चाप बढेको छ ।
पहिलोको नेप्सेको अनलाइन प्रणालीबाट हुने कारोबारको तथ्यांकभन्दा लगानीकर्ताले नै चलाउने प्रणाली सुरु भए पनि कारोबार संख्या बढेको हो ।
लगानीकर्ताले प्रणाली नचलाउँदा साउनदेखि कात्तिक १९ गतेसम्मको अवधिमा कुनै एक दिन १० हजार पटकसम्म सेयर कारोबार हुँदै आएकोमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आएपछि १५ हजार पटकसम्म सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
लगानीकर्ताले अनलाइन चलाउन थालेपछि पहिलेको तुलनामा कारोबार संख्या ५० प्रतिशतले बढेको हो ।
सोमबार नेप्सेले लगानीकर्ता आफैंले कारोबार अर्डर राख्न सक्ने यवस्था भएपछि धितोपत्र बजारको अवस्थामा धेरै परिवर्तन भएको जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS