काठमाडौं, वैशाख २३ – पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ ।कोभिड सङ्क्रमण भइ भेरी अस्पतालमा उपचार गराइरहनुभएका पहाडीको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको निवासमा होम आइसोलेशनमा रहनुभएका पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि हिजो मात्रै अस्पताल भर्ना गरिएको हो ।
डोल्पाबाट निर्वाचित सांसद पहाडी २०५३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो कानुन राज्यमन्त्री र पछि वन तथा भू-संरक्षण र आपूर्ति मन्त्री बन्नुभएको थियो ।
FACEBOOK COMMENTS