काठमाडौं, वैशाख १९ – प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरेपछि पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको नर्भिक अस्पतालले जनाएको छ । उनको हाल आइसीयूमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो ।
अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको नर्भिक इन्टरनेशनल अस्पतालको प्रमुख कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जानकारी दिएको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य रहेको अस्पतालको भनाइ छ ।
FACEBOOK COMMENTS