![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – पूर्व अर्थमन्त्री डा. रामशरण महतले जनतामाथि कर थोपरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले दोहोरो करको मार विरुद्ध जनमता बढेको बताएका छन् ।
संघीयता आफैमा महंगो व्यवस्था भएको बताउदै उनले ३ तह सरकारको वृहत संरचनाका कारण प्रशासनिक खर्च झनै बढेको टिप्पणी गरेका छन् ।
उनले ट्विट गर्दै भनेका छन् “तलव, भत्ता सुविधा र अनुत्पादक प्रशासनिक खर्चले जनतामाथि करको भार थपिदा यसले समस्या ल्याएको छ ।” उनले जथाभावी कर उठाउने प्रवृत्तिलाई रोक्न बलियो संघीय कानून आवश्यक भएको औल्याएका छन् ।
FACEBOOK COMMENTS