काठमाडौं -तार्केश्वर वडा न ११ स्थिति दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बारको शनिवार तथा पार्टी प्यालेसको उदघाटन एक भब्य समारोह बीच सम्पन्न भएको छ । मङ्सिर ४ गते शेषमति पुल नजिकै रहेको उक्त पार्टी प्यालेसको उदघाटन काठमाडौँ जिल्ला क्षेत्र न ६ का सभासद एवम् पुर्व रक्षा मन्त्रि भीमसेन दास प्रधानले गरेका हुन । प्रधानले पानसमा बत्ति बालि समारोहको शुभारम्भ गरेका थिए ।
प्रधानले दियालो फूडल्याड शेषमतिको आपर सफलताको शुभकामना दिदै , व्यवसायिक सफलतासंगै स्थानियलाई रोजगार र स्थानिय उत्पादनहारुलाई प्राथमिकता दिदै दियालो केन्द्र बसुन्धरा , दियालो फूडल्याड वुटवल, दियालो फूडल्याड चितवन आज भब्य समारोह बीच उत्घाटन गरिएको दियालो फूडल्याड शेषमति संगै दियालो फूडल्याड देशब्यापी रुपमा फैलियोस भन्ने शुभकामन ब्यक्त गरे।
समारोहमा विशेष अतिथिका रुपमा दियालो ग्रुपका अभिभावक ,पुर्व राष्ट्रिय सभामा विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन प्रबर्धनमा टेवा पुर्याउने आशा बोक्दै सफतलाको शुभकामना दिए । कार्यक्रममा कलाकार उत्तम के सी,नेपाली कांगेसका नेता बिष्णु भक्त तिमल्सिना , विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता,समाजसेवि अगुवाहरु ,नगरपालीकाका शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेको पनि उपस्तिथी रहेको थियो ।
समारोहमा लायन्सकातर्फ बाट लायन उद्धवराज तिमल्सिनाले शुभकामान दिएका थिए । तार्केश्वोर न .प वडा न १,२,३,४,६ र ११ का वडा अध्यक्षहरुको आतिथ्य रहेको समारोहमा तार्केश्वोर न. प तर्फ बाट वडा २ का वडा अध्यक्ष रबिन्द्र के सीले सफलताको शुभकामान दिएका थिए ।
FACEBOOK COMMENTS