काठमाडौं, पूर्व सांसद एवम् प्रतिस्ठित उद्योगपति लक्ष्मीदास मानन्धरलाई अस्पताल भर्ना गरिएको छ । गए राती आफ्नै निवासमा लडेर घाईते भए पछि मानन्धरलाई उपचारका लागि बागबजार स्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ । भर्याङ ओर्लने क्रममा खुट्टा चिप्लिएर उनी लडन पुगेका थिए । उनको दायाँ खुट्टाको हडडी बाचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । हाल उनको उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
मानन्धर तत्कालिन एमालेबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उनी उद्योग वाणिज्य समितीको सभापती समेत थिए । उनी साल्ट ट्रेडिङ कर्पोरेशन लि. का संचालक समिती अध्यक्ष समेत हुन । हाल उनी ९३ बर्षका भए । कर्पोरेट खबर डटकम एवम कर्पोरेट पत्रिका परिवार उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
FACEBOOK COMMENTS