काठमाडौँ — इन्धन खरिदमा पाच वर्षमा साढे ५ खर्ब रुपैयाँ बाहिरिएको छ ।
सवारी साधन संख्यामा वृद्धि, पुनर्निर्माण र औद्योगिक क्षेत्रभित्र खपत बढेसँगै आयात पनि बढेको हो ।
आयल निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र करिब २७ लाख किलोलिटर/टन इन्धन आयात भएको छ।
यसबापत करिब १ खर्ब ६० अर्ब रुपैयाँ बाहिरिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
‘उनले अघिल्लो वर्षको तुलनामा गत वर्ष आयात परिमाण २० प्रतिशतले बढेको बताए ।
२०७३/७४ को तुलनामा डलर केही मजबुत भएकाले बढी मूल्य बाहिरिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वाभाविक वृद्धिले पनि असर गरेको निगमको दाबी छ ।
–कान्तिपुर
FACEBOOK COMMENTS