काठमाडौं,चैत २० – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १०/१० रुपियाँले घटाएको हो ।
निगम संचालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियमको मूल्य घटाएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य घटेको हो।
अब काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिक तर्फको हवाई इन्धन प्रति लिटर १५ रुपैयाँ घटाएको छ भने अन्तराष्ट्रिय उडान तर्फको हवाई इन्धनमा प्रति टन ५० डलरले मूल्य घटाएको हो ।