![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुङगेलले पेट्रोलियम सवारी विस्थापनको काम सुरु गरिहाल्नु पर्ने बताएका छन् ।
आइतबार नेपाल उद्योग परिसंघले राजधानीमा गरेको प्रदेश ३ को आर्थिक मार्गचित्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुङगेलले इलेक्ट्रिक सवारी विकासमा जोड दिनु पर्ने बताएका हुन् ।
उनले निजी क्षेत्रले योजना तयार पारेर ल्याए सरकारले भोलिदेखि नै काम सुरु गर्ने बताए ।
कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्र पेट्रोलियम सवारी साधान हटाउने पक्षमा रहेको बताए ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इलेक्ट्रिक सवारीको विकासमा निजी क्षेत्रको ठूलो भुमिका हुने बताए ।
FACEBOOK COMMENTS