पोखरा, चैत १९ – पोखरामा कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएको ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
पोखरामा पनि मंगलबारबाट स्वाब जाँच गर्न सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पिसिआर मेसिन सञ्चालनमा ल्याएपछि ३ जना बिरामीको स्वाब जाँच गरिएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
बुधबार भने स्वाब जाँच गर्नका लागि कोही पनि बिरामी नआएको निर्देशनालयले जनाएको छ ।
FACEBOOK COMMENTS