![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
पोखरा- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् ।
नेकपाको समर्थनमा उम्मेद्वार बनेका अधिकारी कांग्रेसको समर्थनमा उम्मेद्वार बनेका रबिन्द्रबहादुर प्रजूलाई ७ मतको झिनो अन्तरले पराजित गर्दै बिजयी भएका हुन् ।
अधिकारीले १ हजार ४ सय ७८ मत प्राप्त गरे भने पराजित प्रजूले १ हजार ४ सय ७१ मत प्राप्त गरे ।
पराजित प्रजू पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसमेत हुन् । लोकतान्त्रिक पक्षधरको बाहुल्यता रहेको संघमा प्रजू पराजित हुँदा कांग्रेसलाई नराम्रो झट्का लागेको छ ।
उद्योगी, व्यवसायीको चुनाव भएपनि दुई ठुला राजनितिक दलले प्रतिष्ठाको बिषय बनाएका थिए ।
FACEBOOK COMMENTS