![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन निर्माण बुधबार सुरु भएको छ ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बुधबार शिलान्यास गरेपछि विधिवत् निर्माण सुरु भएको हो ।
अहिले विमानस्थलमा जमिन सम्याउने काम पनि भइरहेको छ ।
अबको एक महिनापछि रनवे निर्माणको काम पनि सुरु गरिने नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।
१४ हजार वर्गमिटर क्षेत्रफलको टर्मिनल भवन २०२० को जुलाईसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
यसमा अन्तर्राष्ट्रिय उडानका लागि ८ हजार र आन्तरिकका लागि ६ हजार वर्गमिटर क्षेत्रफल छुटयाइएको निर्देशक अधिकारीले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS