काठमाण्डाै , १ फागुन – १५ औं संस्करणको पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले तिजेका छन् । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार भएको प्रतिस्पर्धामा ४२.१९५ किलोमिटरको दूरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै रोकायाले उपाधि जितेका हुन् ।
आर्मीकै धावक गोविन्दप्रसाद भट्टराईले निर्धारित दूरी २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै दोस्रो भए भने आर्मीकै देवराज बस्नेत तस्रो भए । उनले निधारित दूरी २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरे ।
पाँचथरका प्रताप ताम्सोहांग चौंथो भए । उनले निर्धारित दूरी २ घण्टा ५४ मिनेट ८ सकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार पाए । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए । विजेता म्यराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । दोस्रोले १ लाख तेस्रोले ७५ हजार रुपैयाँ पाउँदा सान्त्वना हुनेले पुरस्कार स्वरुप २५ हजार रुपैयाँ पाए ।
महिला हाफ म्याराथनको उपाधि पुलिसकी प्रसाईलाई
पोखरामा शनिबार भएको हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा प्रसाईले जितेकी छन् ।
नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको पहिलो हाफ म्याराथना (२१ किलोमिटर) को दूरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पुरा गर्दै प्रसाईले उपाधि जितेकी हुन् ।
जुम्लाकी राममाया बुढा दोस्रो भइन् । उनले निर्धारित दूरी १ घण्टा ३० मिनेट ५ सेकेण्डमा पुरा गरिन् । सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा ३१ मिनेट २ सेकेण्डमा पुरा गर्दै तेस्रो भइन् ।
महिला हाफ म्याराथनमा विजेता प्रसाईले १ लखा रुपैयाँ प्राप्त गरिन् । जुम्लाकी बुढाले दोस्रो पुरस्कार ७५ हजार र सशस्त्र प्रहरीकै श्रेष्ठले ५० हजार पुरस्कार पाइन् । नेपाल पुलिसकी रेखा विष्टले सान्त्वना पुरस्कार प्राप्त गरिन् । उनले निधारित दूरी १ घण्टा ३६ मिनेट २ सेकेण्डमा पुरा गर्दै सान्त्वना स्वरुप १५ हजार पाइन् ।
FACEBOOK COMMENTS