काठमाडौं, पुस २१ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकीरसहित राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् ।
आइतबार बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार गर्न नमिल्ने भएकाले राष्ट्रिय सभाले अस्वीकार गर्नुपर्ने दाबी गरेका छन ।
प्रस्तावमा विडारीले अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा त्यसो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS