काठमाडौं, माघ ४ – लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन् ।
प्रचण्डले आगामी माघ ९ गतेको आन्दोलन चर्काउन कार्यकर्तालाई गरेको आग्रहको समाचार सेयर गर्दै पोखरेलले ट्रम्पसँग तुलना गरेका हुन् ।
अमेरिकामा ट्रम्पका प्रतिस्पर्धी जाे बाइडेनको विजयकाे औपचारिक घोषणाका दिन आन्दोलन चर्काउन ट्रम्पले आफ्ना समर्थकलाई ट्विटमार्फत आग्रह गरेका थिए । साे दिन ट्रम्प समर्थकले संसदमा आक्रमण गर्दा पाँचजनाकाे ज्यान गएकाे थियाे ।
प्रचण्डको आह्वानलाई ट्रम्पको आह्वानसँग तुलना गर्दै उनले भनेका छन्– ट्रम्पको एउटा उत्तेजना भड्काउने ट्विटले उनलाई नै अप्ठ्यारोमा पार्यो । प्रचण्ड कमरेड यसरी भड्काउ भाषण गरेर मुलुकको हित होला र ?
FACEBOOK COMMENTS