काठमाडौं, पुस १३ संसद् विघटनविरुद्ध संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले देशव्यापी विरोध प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आयोजना गरिएको सभालाई केहीबेरमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्दैछन् ।
अहिले विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटी मण्डपमा पुग्ने क्रम जारी छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शनमा उत्रिएको सो पार्टीले भृकुटीमण्डपमा सभा सुरु हुनअघि काठमाडौका विभिन्न स्थानबाट जुलुस निकालेको छ ।
जुलुसको नेतृत्व अमृत बोहोरा, युवराज ज्ञवाली, जनार्दन शर्मा बेदुराम भुसाल, पम्फा भुसाल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेश भट्टराई, गिरिराजमणि पोखरल लगायतले गरेका छन् । प्रर्दशनका कारण काठमाडौंको जनजिवन भने अस्तब्यस्त बनेको छ ।
FACEBOOK COMMENTS