काठमाडौं, फागुन २३- प्रतिनिधिसभा बैठक आज बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौं अधिवेशन आइतबारदेखि सुरु हुन लागेको हो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी थिइन् ।प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो ।यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।
नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS