काठमाडौं, फागुन २ – प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि भोलि पनि जवाफी बहस हुने भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा सभामुखका तर्फबाट बहस सकिएपछि आजबाट जवाफी बहस सुरु भएको हो । आज नौ जना रिट निवेदक तथा कानुन व्यवसायीले बहस गरे ।
रिट निवेदकबाट जवाफ दिने क्रम सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठककाे राय लिइनेछ ।
FACEBOOK COMMENTS