काठमाण्डौं — ३ नम्बर प्रदेश सरकारले प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढाएको छ ।
हेटौंडा अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने गरी मदन कुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश भएको छ ।
मंगलबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका हुन् ।
स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि विज्ञान प्रतिष्ठान आवश्यक भएको प्रस्तावित विधेयकको प्रस्तावनामा उल्लेख छ ।
— कारोबार
FACEBOOK COMMENTS