काठमाडौं, मंसिर २८ – एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले ९ जना विश्व कीर्तिमानी आरोही तथा सेलीबे्रटीहरुलाई पर्यटन सदभावना दूतको रुपमा नियुक्त गरेको छ । शुक्रबार समितिले काठमाडौंमा आयोजना गरेको विशेष समारोहबीच उनीहरुलाई पर्यटन सद्भावना दूतको रुपमा घोषणा गरिएको हो ।
पर्यटन सदभावना दूतको रुपमा २४ पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता शेर्पा, मिसेस एसिया युनिभर्स २०१७ पिङकी राजगरिया, ८ हजार मिटरभन्दा माथि उचाईका १४वटै हिमालहरुको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका मिङ्मा शेर्पा, सानु शेर्पा, छाङ्दावा शेर्पासँगै ताप्लेजुङका मिङ्मा ग्याबु शेर्पा तथा सहासिक खेल अल्ट्रा म्याराथन विद्याको माध्यमबाट विश्व कीर्तिमान कायम गर्न सफल भोजपुरकी मिरा राई, नेपाली कलाकारिता क्षेत्रमा उच्च व्यक्तित्व बनाउन सफल दीपाश्री निरौला र नेपालकै सबैभन्दा अग्लो व्यक्ति ९७।३ इञ्च०को रुपमा चिनिएका सुनसरीका राजन अधिकारीलाई नियुक्त गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ उनीहरुलाई सदभावना दूत नियुक्त गरिएको हो । उनीहरुलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन सदभावना दूतको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।
FACEBOOK COMMENTS