काठमाडौँ, मंसिर ५ – बिरामीलाई उपचार तथा परामर्श दिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलोपटक ‘टेलिमेडिसिन’ सेवा शुरु गरिएको छ । एकजना चिकित्सकसहित अन्य तीन जना स्वास्थ्यकर्मीको टोलीबाट ‘टेलिमेडिसिन’ सेवा शुरु गरिएको प्रदेश प्रहरी अस्पताल दिपायलले जनाएको छ ।
तोकिएका चिकित्सकले टेलिफोन, इमेल र एसएमएसलगायत अन्य सुविधा प्रयोग गरी विभिन्न रोगका बिरामीको उपचार गर्न तथा अन्य स्वास्थ्यकर्मीलाई सुझाव सल्लाह दिन सकिने भएकाले उक्त सेवा शुरु गरेको प्रदेश प्रहरी अस्पताल दिपायलका प्रमुख डा.भीमबहादुर बुढाले बताए ।
“टेलिमेडिसिन सेवाको एप्स जोडिएका सबै अस्पतालसँग हाम्रो सम्पर्क हुने तथा त्यहाँ रहेका विशेषज्ञ डाक्टरसँग हामीले बिरामीको उपचारका बारेमा जानकारी लिने तथा दिन सकिने भएकाले यो सेवा शुरु गरेका छौँ”, उनले भने, “यो सेवाको शुभारम्भ भएपछि बिरामीको उपचारमा निकै सहज हुनेछ ।”
FACEBOOK COMMENTS