काठमाडौं, १७ चैत्र – प्रदेश २ मा बाल हेल्पलाइन सञ्चालनमा आएको छ । मंगलबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका मुजेलियास्थित कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।
नेपाल सरकार र आसमान नेपालको संयुक्त सहकार्यमा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनमा आएसँगै बालबालिकालाई जोखिम कम हुने आकलन गरिएको छ ।
कार्यालयले बालबालिकाको मौलिक अधिकारको लागि काम गर्ने कार्यालयकी संरक्षण अधिकृत किरण यादवले जानकारी दिइन् ।
यसयघि प्रदेश २ मा बालहेल्प लाईन नहुँदा विपदमा परेको बालकालिकालाई उद्धार गर्नसमेत कठिनाई भइरहेको थियो । अधिकृत यादवका अनुसार सिमासंग जोडिएको यस प्रदेशमा बालबालिका जोखिममा पर्ने गरेको भन्दै कार्यालयले त्यसता बालबालिकालाई तत्काल अवास गृहमा राखेर परिवारलाई जिम्मा लगाउने छन् ।
FACEBOOK COMMENTS