![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं — प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ ।
आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकका ४९ हजार, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेशसभा सदसइ सांसदको ४५ हाजर रुपैयाँ पारित गरिएको हो ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमाा व्यवस्था गर्न बनेको विधेयक २०७४ माथि प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले पेश गरेको प्रतिवेदनमा अन्य सुविधासमेत थप गरी पारित गरिएको छ ।
— नागरिक
FACEBOOK COMMENTS