काठमाडौं, पुस २७ – प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम भएको छ । प्रदेश नम्बर ३ को राजधानी काभ्रे पलाञ्चोकलाई बनाउने प्रस्तावमा जम्मा ३ भोट पक्षमा आएको थियो ।
आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।
हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा ९संयुक्त०ले मत दिएका थिए।
प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए। प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ ।
FACEBOOK COMMENTS