काठमाण्डौं — प्रदेश ५ सरकारले हावाहुरीबाट प्रभावित प्रदेश २ का लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट उपलब्ध गराउने निर्णय भएको हो ।
सहयोग रकम प्रदेश २ सरकारको मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताए।
सरकारले क्यान्सर रोगबाट पीडित भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेललाई पनि उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS