आधुनिक विश्वका शिल्पकारहरुले बगाएको पसिनाको लेखाजोखा गर्ने र उनीहरुलाई साधुबाद दिने दिन । श्रम दिबस बर्षेनी नेपालमा पनि विभिन्न श्रमिक संगठन र श्रमीकहरुले धुमधामसँग मनाउने गरिएको छ तर २०१९ को यो दिबस भने लकडाउन विच कोरोनासँग रुमल्लीएकोछ । हुन त हिजो ८ घण्टा काम, ८ घण्टा मनोरन्जन र ८ घण्टा आरम भन्ने नाराबाट शूरुभएको आन्दोलन, विश्वले स्वीकार गरि श्रमिकको लागी समर्पित यो दिन आज पनि उतिकै सान्दिर्भक छ । भलै आजको आबश्यकता र नाराहरु परिबर्तन भएका छन् तर श्रमिकहरुको त्यो दैनिकी १३० बर्ष पार गर्दा पनि ज्यूका त्यू छन् । हो कोरोना महामारीले स्पष्ट संकेत दियो, के विकसित मुलुक के अविकसीत मुलुक, के धनी के गरिब, श्रमिकहरु आफ्नो अधिकारको लागी लडि नै रहेकाछन्, छटपटाइ नै रहेकाछन् । आज एक छाकको लागी लाइनमा बसी रहेका, सरकारसँग भिख मागरिहेका र चिच्याईरहेका यी अवाजहरु “हामीलाई बचाउँ, सरकार कम्तीमा एक छाक खान पाउ” ले कुनै न कुनै रुपमा गिजाई रहेकोछ यो श्रमिक दिबसलाई पनि । नेपालमा विभिन्न सर्बेक्षणले देखाए अनुसार १६.८ मिलीयन श्रमिकहरु छन् र यी मध्ये झण्डै २ तिहाई श्रमिकहरु कृषीमा कार्यरत छन । तैपनी कृषिले नेपालमा जीडीपीको २८ प्रतिशतमात्र भरथेक गरेकोछ । विश्वमै ३७ र्औ ठूलो श्रमिक भएको देश भित्र नेपाल पर्दछ ।
अनुमानित ३ मिलियन नेपालीहरु विदेशमा श्रम गर्दछन् र उनीहरुको त्यही विदेशमा बगाएको पसिनाले ती देशहरु विकसित हुदैछन् । हामी भने त्यही श्रमिकले पठाएको रेमिटेन्समा गौरब गर्दै ति नै श्रमिकहरुलाई शासन गरिरहेकाछौं । भारतमा मात्र २ मिलियन भन्दा बढि नेपालीहरु श्रमको लागी जान्छन् । थाहा छैन हाम्रा देशका आजका शासकहरु र शासनको लागी प्रतिपक्षमा बस्नेहरुले महसुस गरे की गरेनन, यस कोरोना महामारीमा फर्कने नेपालीहरुको भारतिय सिमानाको क्रन्दन कति दर्दनाक थियो । अर्को अति दुख लाग्दो अबस्था त यो छ की भण्डै ७० प्रतिशत यी श्रमिकहरु अदक्ष र अशिक्षित छन् । यसैले उनीहरु २०/२५ हजार नेपाली रुपैया प्रति महिना बचत गर्नको लागी १२ देखी १६ घन्टा त्यो पनि अति जोमिखयुक्त श्रम गरिरहेकाछन् । जुन बातबरणीय, स्वस्थ्य र शारिरिक हिसाबले अति हानीकारक छ । त्यसैले होला २/३ बर्ष बिदेशमा काम गरेर आउने श्रमिकहरु दिर्घरोग लिएर नेपाल फर्कन बाध्य छन । यसरी २० देखी ४० बर्षका लक्का जवानहरु तयार गरी बिदेश पठाउने व्यापार हामीले गरिरहेका छौं । जब ति जवानहरु १८ घन्टा श्रमबाट थकित, हेलित, रोगी र पसिना बगाउन नसक्ने हुन्छन तब कोही बाक्सामा, कोही रोगी शरीर लिएर आफ्नो मातृभुमि फर्कन्छन् । यो बर्षको अन्तराष्ट्रिय श्रमिक दिबसको नारा Sustainable Pension for all: The Role of Social Partners भन्ने रहेको छ । कुनै पनि सरकारी तथा स्थायी रोजगारहरुको निश्चित समय काम गरे पछि उनीहरुले पेन्सन पाउछन र काम नै नगरी उनीहरुले आफ्नो जिवन गुजारा गर्न सक्छन हो त्यस्तै अबस्था आम मजदुहरुको बनाउन समाजिक संघसंस्था (रोजगारदाता) हरुको महत्वलाई जोड दिएको यो नारा “दिगो पेन्सन सबैको लागी र त्यसको लागी समाजिक संघ संस्था (रोजगारदाता) हरुको भुमिका”भन्ने रहेकोछ । हो आज कोरोना महामारीकै पेरीफेरीमा श्रमिक दिबस भएकोले हुन सक्छ यो नारा अतिनै सान्दर्भिक पनि छ । हामीले नेपालमा मात्र होइन विश्वमा देख्यौं, श्रमिकहरु जसको स्थायी आम्दानी छैन, कसरी भोक भोकै छटपटिनु परीरहेकोछ । जम्मा जम्मी लकडाउनको १ हप्तामै आम श्रमिकहरुलाई एक छाक खानको लागी छटपटिनु पर्ने अबस्था सिर्जना भयो । हुनत नेपालमा गत बर्षबाट श्रमिकहरुको लागी समाजिक सुरक्षा कोषको व्यवस्था गरेकोछ र सबै औपचारीक रोजगारदाताहरुलाई यस कोषमा सहभागीताको लागी अनिबार्य गरेकोछ ।
तर यो दुई बर्षमा १० प्रतिशत मात्र औपचारीक रोजगारदाताहरु समाबेश भएकाछन् । नत मजदुरहरुमा यसको उत्साह छ न त रोजगारदाताहरुको, यस अबस्थालाई हेर्दा किन हामीले समाजिक सुरक्षा कोषलाई पूर्ण रुपमा लागु गर्न नसकेका हौं, यो विषयमा गम्भिर रुपमा विषय विज्ञहरु सँग छलफल हुनु र ती अपठ्याराहरुलाई समाधानको बाटो दिनु अनिबार्य छ । तर सरकार त्यो बाटोमा हिडेको देखिदैन । सरकार यो विषयमा गम्भिर हुनु जरुरीछ । श्रमिक दिबसको दिन सम्माननिय राष्ट्रपती, प्रधानमन्त्रीज्यूले जारी गर्नु भएको सन्देशमा हिजो गरेको कुराहरुको व्याख्या त देखिन्छ । तर नत आत्मा समिक्षा देखिन्छ न यो कोरोना महामारीले पार्ने प्रभाव र त्यसको लागी गर्नु पर्ने कार्यहरुको बारेमा ठोस कार्यक्रमहरु उल्लेख पाइन्छ । प्रतिपक्ष नेता तथा अन्य नेताहरुले पनि सन्देश त जारी गर्नु भयो तर कुनै पनि सन्देशले न आत्म समिक्षा गेरेको छ न श्रम प्रति गम्भिर भएको र श्रमिक दिबसको यो नारालाई आत्मसाथ गरेको देखिन्छ । श्रमिक दिबस आउछ राष्ट्रपती, प्रधानमन्त्री देखी प्रतिपक्षी नेता भएकाले यस्ता सन्देश दिनु पर्छ, दिउँ भन्ने कर्मकाण्डीय सोच यो सन्देशहरुमा भल्किन्छ । प्रधानमन्त्री ज्यूले कसैलाई भोको बस्नु नपर्ने र नराख्ने भनेका छन् तर हजारौं जनताहरु उहाँले श्रमिकको नाममा सन्देश बाचन गरि रहदाँ भोकभोकै एक छाकको लागी लाईनमा उभिरहेका थिए । उहाले समाजिक सुरक्षा सुनिश्चत हुने कुरा पनि उठाउनु भएको छ तर १० प्रतिशत पनि हाल सम्म औपचारीक श्रमिकहरु पनि समाजिक सुरक्षा कोषमा सहभागी भएका छैनन् । त्यस्तै उहाको सन्देशमा सबैलाई रोजगारीको ग्यारेन्टीको कुरा छ तर आज पनि लाखौ बेरोजगार नागरिक छन् तर उनीहरुको लागी ठोस रोजगारको कार्यक्रम छैन । यस कोरोना महामारीबाट भारत र विश्व बजारबाट रोजगार गुमाएको नेपालीहरु नेपाल फर्किने अबस्था छ तर नेपाल सरकारसँग कुनै पनि स्पष्ट खाका सहितको न योजना छ, न योजना तयारीको लागी विज्ञहरुलाई जिम्मा दिइएकोछ । जब सम्म व्यवस्थापक, योजनाकारहरुको प्रभुत्व देशमा र शासनमा हुदैन सायद यस प्रकारको समस्या सवधान असम्भवछ । नेताहरुले सपना देख्ने हो सपनाको कार्यन्वयनको लागी चाहिने कारिगर उत्कृष्ट राखियो भने मात्र उनीहरुले सफल सपना कार्यन्ययन हुन्छ र सपना साकार हुन्छ नत्र सबै सपनाहरु सपना पनि रहदैन् । जसले आम जनतामा ठूलो नैराश्यता र कुण्ठा जन्माउनेछ । जुन राज्यको लागी अति हानिकारक हुनेछ । अन्तमा हो महामारीले केही समय हामीलाई कठिन आबस्था सिर्जना गरकोछ तर आफैमा नयाँ नयाँ सम्भावना बोकेर आएको छ । हामीले महामारीले सिर्जना गरेको समस्याहरुलाई अवसरमा बदल्नु आजको हाम्रो चुनौती हो । यस चुनैतीसँग लड्न यसका लागी ति विज्ञहरुलाई जिम्मा दिन सक्नु पर्छ । भन्नु र गर्नु एकदमै फरक कुरा हो । यि दूइ विचको ताल र सुरलाई मिलाउन सकियो भने अबश्य यो महामारी देशको मुहार फेर्ने एक अबसरमा सावित हुनेछ । हाम्रा प्रधानमन्त्रीज्यू सन्त नेता कृष्ण प्रसाद भट्टराई पछि सबभन्दा बढि सपना देख्ने प्रधानमन्त्री हुुनुुहुन्छ । एउटा देशको प्रधानमन्त्रीले सपना देख्नु पर्छ अनिमात्र देशले गति लिन सक्छ । सपना विनाको नेता, नेता नै हुनसक्दैन । यस मानेमा हामी अत्यन्त भाग्यमानी हौं । तर देशका प्रधानमन्त्रीज्यूले पौराणीक कथाको धृतराष्ट्र प्रबृद्धि त्याग्नु पर्नेछ । यदि यस प्रबृद्धि त्याग्न सकेनौ र उही हाम्रो, मेराहरुको विच रुमलिनु भयो भने अबश्य उहाँको सपना बास्तबमै सपना पनि रहने छैन जसले आम नागरिकहरुलाई व्यवस्था प्रति नै नकरात्मक त बनाउछ नै नेताहरु प्रतीको विश्वास पनि गुम्नेछ र देश अर्को १० बर्ष पछाडि धकेलिनेछ । (लेखक अधिबत्ता तथा बरिष्ठ बालअधिकारकर्मी हुनुहुन्छ । mkkandel@gmail.com)
FACEBOOK COMMENTS