काठमाडौं,फागुन २३- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ ।
सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई अंगदान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको र उनलाई पनि तरल र नरम आहार दिन थालिएको प्रा डा खड्गाले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताए ।
FACEBOOK COMMENTS