काठमाण्डौँ — युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ)ले प्रधानमन्त्री केपी ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।
आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन–२०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो।
पुरस्कारको राशि एक लाख डलर रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे।
— कान्तिपुर
FACEBOOK COMMENTS