काठमाडाैं, फागुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले जसपाका ५ शीर्ष नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।
बिहीवार (आज) साँझ ५ बजे जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका छन् ।आजको छलफलमा जसपाले प्रधानमन्त्री ओलीसँग रेशम चौधरीको रिहाइको मागसहित सत्ता समिकरणका विषयमा छलफल गर्ने बताइएको छ ।यसअघि पनि जसपाले प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुका विषयमा छलफल गरिसकेका छन् । भने सत्ता साझेदारीमा जाने नजानेबारे आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन् ।
त्यस्तै जसपासँग नेकपा माओवादी केन्द्रले पनि सत्ता समिकरणका विषयमा छलफल गरिरहेको छ ।
FACEBOOK COMMENTS