काठमाडौं, जेठ २१ – प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा ८ ओटा मन्त्रालय लिएर सत्ता सहकार्य गर्न तम्तयार भएर बसेका जनता समाजवादी पार्टी ‘जसपा’का अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्रीबीच आज भेटवार्ता हुन लागेको छ ।
शुक्रबार जसपाका महन्थ प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान लागेका छन् । जसपा र प्रधानमन्त्री ओलीबीच यसअगाडि नै सरकारमा सहभागी हुने विषयमा समझदारी बनिसकेको छ ।
प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा आउन आग्रह गरिरहेका छन् । सरकारमा जान हत्तारिएको महन्थ पक्षले आफ्नो तर्फबाट मन्त्री बन्नेहरूको नाममा टुंगो लगाउने बित्तिकै सरकार पुर्नगठन हुने बताइएको थियो ।
प्रधानमन्त्री ओलीले जसपालाई यसअघि नै ८ मन्त्री र २ राज्यमन्त्री दिने विषयमा सहमति जनाइसकेका छन् । कुन-कुन मन्त्रालय दिने भन्नेमा टुंगो नलागे पनि हिजो बिहीबार महन्थ र राजेन्द्रले अबेरसम्म प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।
गएको ६ जेठमा सर्वोच्च अदालतले माओवादी पृष्ठभूमिका सात मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएको थियो । त्यसपछि ओलीले मन्त्रिपरिषद पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् । सरकारमा साझेदारी गर्ने सहमतिअनुसार ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका
FACEBOOK COMMENTS